Categories समाचार

सिर्सिया नदी प्रदुषण गर्ने उद्योगहरूमा अनुगमन

Advertisement

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको अनुगमन निरीक्षण टोलीले सिर्सिया नदी प्रदुषण गर्ने उद्योगहरूमा अनुगमन गरेकाे छ ।

वीरगन्ज महानगरपालिकाका वातावरण अधिकृत प्रकाश एैरेकाे नेतृत्वमा रहेको टाेलीले बारा र पर्साका ३ वटा उद्योगमा अनुगमन गरेकाे हाे ।

Advertisement

महानगरकाे टाेलीले महालक्ष्मी साेल्भेन्ट एण्ड रिफाइनरी, अमृत तेल रिफाइनरी र वीरगन्ज महानगरपालिका वडा नम्बर २१ मा रहेकाे सुशील बनस्पति घ्यू उद्योगमा अनुगमन गरेको हो। अनुगमको क्रममा तीनटै उद्योगहरूले फाेहाेर पानी प्रसोधन नगरी सिधा सिर्सिया नदीमा फाल्ने गरेकाे पाइएको वातावरण अधिकृत एैरेले जानकारी दिए ।

Advertisement

वीरगन्ज महानगरपालिका भित्र रहेका उद्योग दुर्गा पेपर, मोरियम लेदर उद्योगले प्रसोधन प्लान्ट जोडी सकेको र बाँकी उद्योगहरुले निरीक्षणको क्रममा प्रदुषण गरेको नभेटिएको जनाएको छ।

महानगरपालिकाले साप्ताहिक रूपमा अनुगमन गर्दै आएको र चैते छठलाई मध्यनजर गर्दै दैनिक रूपमा उद्योगहरूमा निगरानी गरिरहेको जनाएको छ।

कानूनी रूपमा महानगरपालिकाको अधिकार क्षेत्र बाहिर केही गर्न नसकेको हुँदा यो समस्या बढिरहेको समेत अधिकृत एैरेले जानकारी दिए ।

पछिल्लो समय ८५ प्रतिशत ढल बाराको उद्योगबाट मुख्य सडकको नाला हुँदै बाराको चोर्नी तिरबाट बग्ने सिर्सिया खोलामा मिसिएर सिर्सिया नदीमा समस्या देखिएको जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *