Categories समाचार

हिजो मृत भेटिएका शिवशंकरको हत्या आरोपमा उनकै श्रीमती पक्राउ

Advertisement

महोत्तरी । महोत्तरीमा हिजो मृत भेटिएका शिवशंकर महतोको हत्या आरोपमा उनकै श्रीमती पक्राउ परेकी छिन् ।

प्रहरीले महतोकी श्रीमती सिर्जना महतोलाई पक्राउ गरेको हो । गत शुक्रबार ससुराली हिँडेका महतोको गौशाला नगरपालिका-८ मा रहेको सागरनाथ वन विकास परियोजनाको जंगलमा रहेको रेलवे ट्र्याक भन्दा एक सय मिटर पर शव फेला परेको थियो।

Advertisement

उनको खुकुरी प्रहार गरी हत्या गरिएको र अनुहार नचिनियोस् भनेर जलाइएको अवस्थामा फेला परेको थियो ।

Advertisement

श्रीमतीको विवाहेत्तर सम्बन्धका कारण महतोको हत्या भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । थप अनुसन्धान भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *