Categories समाचार

नयाँ वर्षको उपलक्ष्यमा वीरगंजमा रात्रि बजार संचालन गर्ने तयारी

Advertisement

वीरगंज l वीरगंजमा पुनः ‘रात्रि बजार’ सञ्चालनमा आउने भएको छ । नयाँ वर्ष २०८२ को अवसर पारेर वीरगंज महानगरपालिकाले आदर्शनगर स्थित पुरानो बसपार्कसम्म ‘रात्रि बजार’ सञ्चालन गर्ने तयारी गरेको हो ।

चैतको अन्तिम शुक्रबार २९ गतेदेखि ३१ गतेसम्म तीन दिन रात्रि बजार सञ्चालन गर्न लागिएको वीरगंज महानगरका मेयर राजेशमान सिंहले जानकारी दिनुभयो ।

Advertisement

नयाँ वर्षको उपलक्ष्यमा आयोजना गर्न लागिएको रात्रि बजारले वीरगंजको अर्थतन्त्र चलायमान बनाउनुका साथै अबेरसम्म बजार सञ्चालन हुने वातावरण बनाउने विश्वास लिइएको छ ।

Advertisement

यस अघिका वर्ष पनि महानगरले रात्रि बजार संचालन गर्दै आएको थियो । रात्रि बजारले यहाँको बजार चलायमान बन्ने मेयर सिंहले बताउनुभयो ।

रात्रि बजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाँकुडा लगायतका सरसामानका स्टल राखिनेछ ।
महानगरले रात्री बजार सञ्चालनका लागि विभिन्न संघ संस्थासँग सहकार्य गरेको छ । ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाईईएफ, वीरगञ्ज साइकलिङ क्लब, ओमेन्स क्रिएसन र फोरजीआरसँगको समन्वयमा महानगरले रात्रि बजार लगाउन लागेको हो ।

रात्रि बजारमा लगाइने स्टलहरुको केही दिनमा नै बुकिङ खुल्ला गरिने ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *