Categories समाचार

शैक्षिक प्रमाणपत्र नक्कली फेला परेको भन्दै प्रमाणपत्र उपलब्ध गराउन पत्राचार

Advertisement

वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौंले शिक्षिका बबली कुमारीको शैक्षिक प्रमाणपत्र नक्कली फेला परेको भन्दै वीरगञ्ज महानगरपालिकालाई तुरुन्त प्रमाणपत्र उपलब्ध गराउन पत्राचार गरेको छ।

शिक्षिका कुमारी हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, सौराहा मा कार्यरत छन्। अख्तियारको अनुसन्धानका क्रममा उनको सेवा प्रवेशका बेला पेश गरेको शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्टि भएपछि आयोगले छानबिन अघि बढाएको हो।

Advertisement

अख्तियारले वीरगञ्ज महानगरपालिकालाई पत्र लेख्दै तीन दिनभित्र स्पष्ट बुझिने (चार कुना देखिने) प्रमाणित प्रतिलिपी उपलब्ध गराउन निर्देशन दिएको छ। आयोगको पत्र अनुसार, रामजानकी आधारभूत विद्यालय, वीरगञ्ज-२४, रामगढवा, पर्सा लाई समेत सो प्रमाणपत्र पठाउन सूचित गरिएको छ।

Advertisement

यस प्रकरणमा वीरगञ्ज महानगरपालिकाले आवश्यक कारबाही अघि बढाउने बताएको छ। अख्तियारको निर्देशनपछि शैक्षिक संस्थाहरूमा योग्यता प्रमाणपत्रको सत्यता जाँचबुझ गर्ने प्रक्रियामा कडाइ गरिने अनुमान गरिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *