Categories समाचार

खानेपानी संस्थान सञ्चालक समितिकाे सदस्यमा मेयर सिंह नियुक्त

Advertisement

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह नेपाल खानेपानी संस्थान सञ्चालक समितिकाे सदस्यमा नियुक्त भएका छन्। संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले वीरगन्ज महानगरका मेयर सिंहलाई मन्त्रीस्तरीय निर्णयबाट खानेपानी संस्थान सञ्चालक समितिकाे सदस्यमा नियुक्त गरेका छन्।

चैत ११ गतेकाे मन्त्रीस्तरीय निर्णय अनुसार नेपाल खानेपानी संस्थान ऐन २०४६(संशोधन सहित) दफा ८ काे उपदफा ८.१.४ बमाेजिमकाे नेपाल खानेपानी संस्थान सञ्चालक समिति सदस्य पदमा वीरगन्जका मेयर सिंहलाई नियुक्त गरिएको मन्त्रालयका सहसचिव रामबाबु पुरीले हस्ताक्षरित नियुक्ति पत्रमा उल्लेख गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *