Categories समाचार

ट्रक अनियन्त्रित भई त्रिशूली नदीमा खस्दा एक जनाको मृत्यु, एक घाइते

Advertisement

चितवन l नारायणगढ–मुग्लिन सडकअन्तर्गत पर्ने भरतपुर–२९ चौधकिलोमा कोइला बोकेको ट्रक अनियन्त्रित भई त्रिशूली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मंगलवार नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा प्र०३–००१ ख ४८०४ नम्बरको ट्रक आफै अनियन्त्रित भई त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

Advertisement

ट्रक चालक रौतहट सखुवा घर बताउने वर्ष ३५ को रामनारायण यादवको भरतपुर अस्पतालमा मंगलबार बिहान ८ः२० बजे मृत्यु भएको प्रहरीले बताएको छ । यादवलाई ट्रकको सिटमा च्यापिएको अवस्थामा उद्धार गरी अस्पताल पठाइएको थियो ।

Advertisement

लाइ ट्रकबाट निकाली उपचारको लागि सरकारी अस्पताल भरतपुर पठाइएको ऐ।०८स्२० बजेको समयमा मृत घोषणा गरेको

ट्रकको सहचालक रौतहट गरुडा नगरपालिका–५ बस्ने वर्ष १९ को असुन्द्र कुमार यादव घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने अवस्था मध्यम रहेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *