Categories समाचार

३० हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको रुपन्देहीस्थित प्रहरी चौकी हाटी बनगाई दुर्गौलियामा कार्यरत प्रहरी नायब निरीक्षक (सई)पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयको टोलीले (सई) खिमबहादुर खड्कालाई ३० हजार घुस रकमसहित बिहीबार पक्राउ गरेको हो।

Advertisement

सई खड्काले दुर्गौलिया नाका हुँदै भन्सार छलीको सामान ल्याउन सहजीकरण गरिदिने भन्दै घुस मागेको सूचना पाएपछि अख्तियारको टोली परिचालन भएको थियो।

Advertisement

टोलीले खड्कालाई ३० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा मायादेवी गाउँपालिका-६ बाट पक्राउ गरेको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए।

खड्कालाई अख्तियारले न्यायिक हिरासतमा राखेर अनुसन्धान थालेको पौडेलले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *