Categories हाइलाइट-समाचार

राजावादीहरूको प्रदर्शन हिंस्रक बनेपछि काठमाडौंका तीन स्थानमा कर्फ्यु

Advertisement

काठमाडौं l राजावादीहरूको प्रदर्शन हिंस्रक बनेपछि काठमाडौंका तीन स्थानमा कर्फ्यु आदेश जारी भएको छ। राजावादी कार्यकर्ताले काठमाडौंमा यत्रतत्र आगजनी र तोडफोड गर्न थालेपछि कर्फ्यु आदेश जारी गरिएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी गरिएको हो। प्रहरीले माइकिङ गर्दै केहीबेरमा कर्फ्यु सुरु हुने भएकाले सबैलाई आ–आफ्नो घर जान अनुरोध गरेको छ।

Advertisement

राजावादीहरूको नाममा भएको प्रदर्शन हिंस्रक भएपछि स्थितिलाई नियन्त्रण लिन प्रहरीले लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको थियो। प्रदर्शनकारीले तीनकुनेको एक निजी घरमा आगजनी गरेका थिए। प्रदर्शनकारी र प्रहरीबीच झडप चलिरहेका बेला घरमा आगजनी भएको हो।

Advertisement

यस्तै प्रदर्शनकारीले नेकपा एसको आलोकनगरस्थित कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा तोडफोड गरेका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *