Categories समाचार

पूर्वराजामा आपराधिक मानसिकता छ : प्रचण्ड

Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहमा आपराधिक मानसिकता रहेको पुष्टि भएको टिप्पणी गरेका छन्।

शुक्रबार ज्ञानेन्द्रकै निर्देशनमा राजावादीको आन्दोलन हिंस्रक बनेको भन्दै तोडफोड गरेको नेकपा एकीकृत समाजवादी केन्द्रको कार्यालयमा स्थलगत अनुगमनसँगै समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीसँग प्रचण्डले उक्त टिप्पणी गरेका हुन्। उनले सरकारलाई राजाविरुद्ध कडा कदम चाल्न सुझावसमेत दिएका छन्।

Advertisement

‘हिजोको घटनाको पछाडि ज्ञानेन्द्र शाह नै छन्। ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक छ भन्ने इतिहासमा पनि देखिएको हो। अहिले पनि देखिएको छ। यही नै समय हो सरकारले कडा कदम चालोस्,’ उनले भने। प्रचण्डले सरकार र प्रहरीको राम्रो तयारी नदेखिएको टिप्पणी गरेसमेत गरेका छन्। सरकारले आफ्नो भूमिकाको गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने उनले बताए।

Advertisement

‘राजधानीको मुटुमा यस्तो विवेकहीन र आपराधिक घटना हुँदा सुरक्षा निकाय समयमै उपस्थित हुन नसक्ने अवस्थाको सरकारले गम्भीर रूपमा समीक्षा गरोस्। आउने दिनको लागि पूर्ण तयारीमा लागोस्,’ उनले भने।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *