Categories समाचार

मापसे गरी मेयर, उपमेयरलाई अभद्र व्यवहार गर्ने प्रमुख प्रशासकिय अधिकृत पक्राउ

Advertisement

बर्दिया l बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्य पक्राउ परेका छन् । उनलाई बारबर्दिया नगरपालिकाबाट बुधवार बेलुका पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन (मापसे) गरी मङ्गलवार कार्यालय समयमा कार्यालय भित्र नगर प्रमुख छविलाल थारु र नगर उप प्रमुख रत्नकुमारी पाण्डेलाई अभद्र व्यवहार गरेको भन्दै बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारु सहितको टोलीले जिल्ला प्रहरी कार्यालय बर्दियामा प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई अभद्र व्यवहारको मुद्दा गर्दा गर्न आवेदन दिएका कारण पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार खनालले बताए ।

Advertisement

मङ्गलवार कार्यालयको निवासमा कार्यालय समयमा अत्यधिक मदिरा सेवन गरेका प्रमुख प्रशासकीय अधिकृत आचार्यले नगरपालिकाको कार्यालय पुगी उप प्रमुख रत्न कुमारी पाण्डेलाई उप प्रमुखकै कार्य कक्षमा तथानाम गाली गर्दे हातपात गर्ने प्रयास गरे पछि इलाका प्रहरी कार्यालयले मंगलबारनै पक्राउ गरेर साँझ जिम्मा जमानतमा छाडेको थियो । उप प्रमुख माथि हातपात गर्ने प्रयास समेत भयो एउटा कर्मचारी मदिराले मातेर कार्यालय समयमा जथाभाबी गर्न थाले पछि उनलाई अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाउन माग गर्दे मुद्दा दायर गरिएको बारबर्दिया नगरपालिकाका प्रमुख छविलाल थारुले बताए ।

Advertisement

प्रहरीले भने बुधवार कार्यालय समय नभएका कारण मुद्दा दर्ता नगरिएको र प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई पक्राउ गरिएको जनाएको छ । आचार्यले भने पावर टेलर खरिदमा नगर प्रमुखले ५ लाख कमिसन नपाएको झोकमा प्रहरी बोलाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *