Categories समाचार

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष नेपालसहित ५ जनालाई आइएफआरसीले गर्‍यो निलम्बन

Advertisement

बिरगंज l रेडक्रसको अन्तर्राष्ट्रिय संस्था (आइएफआरसी)ले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जनालाई निलम्बन गरेको बताएको छ।

अध्यक्ष नेपालसहित विनोदकुमार बस्नेत, मनोजकुमार थापा, भूपतिलाल श्रेष्ठ, नारायण तिमिल्सिनालाई निलम्बन गरेको रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसले जनाएको हो।

Advertisement

उनीहरूमाथि रेडक्रसको आधारभूत सिद्धान्तहरूको उल्लंघन गरेको, विधानको परिपालना नगरेको आरोप लगाइएको छ।

Advertisement

त्यस्तै संस्थामा राजनीतिक हस्तक्षेप निम्त्याएको पनि उनीहरूमाथि आरोप लगाएको छ। आइएफआरसीको विधानको धारा ८ प्रतिकूल हुने गरी कार्य गरेकाले निलम्बन गरिएको संस्थाले बताएको छ।

गत कात्तिकमा नेपाल रेडक्रस सोसाइटीमा दलीय भागबन्डाको आधारमा पदाधिकारी नियुक्त गरिएको थियो। नेपाली काग्रेसबाट अध्यक्ष, उपाध्यक्ष (खुल्ला), उपमहामन्त्रीसहित १५ जना नियुक्त गरिएको थियो।

नेकपा (एकीकृत समाजवादी) को भागमा  महामन्त्री, उपकोषाध्यक्षसहित ६ जना परेको थियो। त्यस्तै नेकपा माओवादी केन्द्रबाट उपाध्यक्ष (महिला), कोषाध्यक्षसहित ८ जना नियुक्त भएका थिए।

यही भागबन्डाको पत्रमा हस्ताक्षर गर्ने सुदर्शन नेपाल, भूपतिलाल श्रेष्ठ, नारायण तिमल्सिना, मनोजकुमार थापा र विनोद बस्नेत निलम्बनमा परेका हुन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *