Categories एजेन्सी

सिकन्दरको ‘हरिबिजोग’, सात दिनमा १०० करोड पनि कमाएन

Advertisement

नयाँ दिल्ली । बलिउड स्टार सलमान खानको बहुप्रतीक्षित फिल्म सिकन्दर यतिबेला हलमा लागिरहेको छ । सलमानको ब्लकबष्टर पुनरागमन हुने ठानिएको फिल्मले भारतीय बक्स अफिसमा एक हप्तामा पनि सय करोड भारु कमाउन सकेन । 

फिल्मलाई दर्शकहरूले मन पराइरहेका छैनन् । कयौँ सिनेमा हलले सिकन्दरको शो अरू फिल्मलाई दिइरहेका छन् । इदको अघिल्लो दिन रिलिज भएको फिल्मको इदपछि नै बक्स अफिस कलेक्सन ओरालो लागेको थियो । शुक्रबार अप्रिल ४ मा फिल्मको कलेक्सन ४१ दशमलव ६७ प्रतिशतले घटेको थियो । 

Advertisement

सातौँ दिनमा फिल्मले जम्मा २ करोड ५२ लाख भारु मात्रै कमाएको छ । योसँगै सात दिनमा फिल्मको कूल कमाई बल्ल तल्ल ९६ करोड २७ लाख भारुमा पुगेको छ । २०० करोड भारुमा बनेको फिल्मको ६ दिनमा विश्वभर कमाई १५३ करोड ३५ लाख रहेको स्याकनिल्कको तथ्यांकले देखाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *