Categories शिक्षा

शिक्षक पटेलद्वारा यसवर्ष पनि निशुल्क अनलाइन कक्षा सञ्चालन, बिद्यार्थीहरु लाभान्वित

Advertisement

वीरगन्ज । बिद्यार्थीहरुको सहजताका लागि निरन्तर प्रयासरत एक शिक्षकले यस वर्षपनि निशुल्क अनलाइन कक्षा सञ्चालन गरेर समस्या समाधान गरिरहेका छन् । वीरगन्जका शिक्षकद्वारा सञ्चालन गरिएको निशुल्क तयारी कक्षाले हाल बिद्यार्थीहरु माझ चर्चा बटुलिरहेको छ ।

आवश्यकता अनुसार भौतिक तथा अनलाइन कक्षाहरु सञ्चालन गर्दै आएका नेपाली बिषयका शिक्षक ओमप्रकाश पटेल अविरलको निशुल्क कक्षामा बिद्यार्थीहरुको आर्कषण बढेको छ ।

Advertisement

पटेलले हाल संचालन गरेको कक्षा १२ को निशुल्क अनलाईन तयारी कक्षामा समेत बिद्यार्थीहरुको उत्साहजनक सहभागिता बढेको छ । हाल अनलाईन कक्षामा करिब २ सय ७ जना बिद्यार्थीहरुले अध्ययन गरिरहेका शिक्षक पटेलले जानकारी दिए ।

Advertisement

कक्षा १२ को वार्षिक परीक्षालाई मध्यनजर गर्दै चैत्र १२ गतेदेखि निःशुल्क अनलाइन तयारी कक्षा सुरु गरेको शिक्षक पटेलले बताए । उनले आर्थिक अवस्था कमजोर भएका, वार्षिक परिणाम राम्रो नभएर पढाइ छोड्ने, विद्यालयमा राम्ररी व्याकरण रचनाको तयारी गर्न नसकेका बिद्यार्थीको लागि कक्षा फलदायी साबित हुने दावी गरे ।

विगत १४ बर्षदेखि नेपाली बिषय अध्यापन गराउँदै आएका पटेलले सेन्जेभियर, डि.ए.भि र संकल्प लोक सेवा आयोगमा अध्यापन गराउछन् । शिक्षण पेशामा व्यवसाय भन्दा पनि सेवाको भावनाले काम गरिरहेका पटेलले गरिब,जेहेन्दार बिद्यार्थीहरुलाई निशुल्क रुपमा अध्यापन गराउन पाउँदा आफैंलाई खुशी मिल्ने बताए ।

उनले भने, “ शिक्षण पेशा व्यवसाय मात्र नभएर त्याग,सेवा तथा आवेगको विषय भएको हुँदा आफु यो पेशामा लागेको हुँ, यो पेशामा पैसो थोरै भए पनि शिक्षण पेशाबाट मलाई सन्तुष्टिको बोध हुन्छ। हामीसँग जे छ ,थोरै भए पनि यदि समाजमा सेवाको क्षेत्रमा खन्यायौँ भने सम्बृद्ध समाजको सपना पूर्ण गर्न सकिन्छ।”

उनले सञ्चालन गर्ने अनलाइन कक्षामा सहभागी विभिन्न स्थानका कलेजका बिद्यार्थीहरु पढाउने र बुझाउने कलाको खुलेर प्रशंसा गर्छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *