Categories समाचार

ग्यालेक्सी स्कुलमा महानगरको सिल

Advertisement

वीरगंज l वीरगंजमा अवैधरूपमा सञ्चालित ग्यालेक्सी सेकेन्डरी स्कुलमा महानगरपालिकाले सिलबन्दी गरेको छ । वीरगंज महानगरपालिकाको वडा नं. १० आदर्श टोलमा रहेको उक्त स्कुलमा महानगरपालिकाको टोलीले सिलबन्दी गरेको हो ।

विद्यालयले आफ्नो विद्यालयमा भर्ना भएका विद्यार्थीहरुको अध्ययनमा ध्यान दिनुपर्नेमा अवरोध गर्नुका साथै वार्षिक परीक्षा सञ्चालनमा समेत अवरोध गरेको थियो । यसका साथै व्यवसाय कर, घर बहाल कर, एकिकृत सम्पत्ति कर लगायतका कर नबुझाएको, विद्यालय अनुमति पत्र नविकरण नभएको, इमिस अध्यावधिक नरहेको, पटक पटक कागजात माग्दा विवरण उपलब्ध नगराएपछि बुधबार विद्यालयको मुल गेटमा सिलबन्दी गरेको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिए ।

Advertisement

महानगरपालिकाले अनुमति नलिई अवैध रूपले संचालनमा रहेका विद्यालयलाई कारबाही गर्दै आएको छ ।
सिलबन्दी गर्न नगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत सृजना बुढाथोकी, नगर प्रहरी इन्चार्ज हरि प्रसाद भुषाल एवं संचारकर्मीको सहभागीतामा अवैध रुपमा संचालित विद्यालयमा सिलबन्दी गरिएको होे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *