Categories समाचार

क्यान्सरको बिरामी रहेका प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन आदेश

Advertisement

काठमाडौं l जिल्ला अदालत काठमाडौंले क्यान्सरको बिरामीसमेत रहेका दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन प्रहरीलाई आदेश दिएको छ।

बिहीबार भारतको आसाममा पक्राउ परेका उनलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिँदै अदालतले उपचारको व्यवस्था गर्न पनि भनेको हो ।

Advertisement

राज्यविरुद्धको कसुरमा प्रसाईंलाई कारबाही अगाडि बढाउने गरी म्याद दिइएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए ।

Advertisement

प्रसाईं क्यान्सरको बिरामी भएकाले उनको उपचारको प्रबन्ध मिलाउनसमेत अदालतले प्रहरीलाई आदेश दिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । अदालतले प्रसाईंका बडीगार्ड दीपक खड्कालाई पनि १२ दिन नै हिरासतमा राख्ने अनुमति प्रहरीलाई दिएको छ । प्रसाईं र बडिगार्ड खड्कालाई जिल्ला प्रहरी परिसर भद्रकालीको हरासतमा राखिनेछ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *