Categories समाचार

‘बडा सुन्दर देशवा मोर नेपाल बा’ बोलको भोजपुरी देशभक्ति गीत सार्वजनिक

Advertisement

वीरगञ्ज । वीरगञ्जमा एक विशेष कार्यक्रमको बीच स्थानीय संगीतकार, लेखक, गायक तथा कलाकारहरूको बेजोड प्रस्तुति रहेको भोजपुरी देशभक्ति गीत ‘बडा सुन्दर देशवा मोर नेपाल बा’ सार्वजनिक गरिएको छ।

नेपाली भूमिको सौन्दर्य, एकता र राष्ट्रिय गौरवलाई उजागर गर्ने उद्देश्यले तयार पारिएको यो गीतमा वीरगञ्जका स्थानीय कलाकारहरूको सशक्त स्वर, शब्द र संगीत समेटिएको छ।

Advertisement

गीत सार्वजनिक कार्यक्रममा उपस्थित कलाकार, संगीतप्रेमी र सरोकारवालाहरूले भोजपुरी भाषामा तयार पारिएको देशभक्ति गीतले मुलुकको सांस्कृतिक पहिचानलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरे।

Advertisement

कार्यक्रमका आयोजकहरूले नेपाली भूमिको माया र राष्ट्रिय एकताको सन्देश बोकेको यो गीतले नेपाली सांगीतिक क्षेत्रमा नयाँ उत्साह र गर्व थप्ने अपेक्षा राखेका छन्।

वीरगञ्जमा रहेको मधुशाला होटेलमा आयोजना गरिएको कार्यक्रमको अध्यक्ष्ता किशन सर्राफले गरेका थिए । प्रमुख अतिथि लक्ष्मीनाथ नेपालीले भोजपुरी भाषा अन्य भाषाको तुलनामा सरल र मिठो रहेको जिकिर गरे ।

प्रधानाध्यापक तथा भोजपुरी प्रेमी विनोद मेहताको गीत, विवेक परियारको संगीत, छोटु राजको आवाजले सजाईएको गीतमा विनोद मेहता, संगम पण्डित, किशन सर्राफ र छोटु राजको अभिनयले सुनमा सुगन्ध थपेको वक्ताहरुले चर्चा गरे।

भोजपुरी प्रतिष्ठान, वीरगञ्जकि अध्यक्ष अनिता साह, नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुब सिंह ठकुरी, उपाध्यक्ष रितुराज पटेल, युवा नेता राकेश यादव, सुनिल पण्डितलगायतको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य छोटु राजले दिएका थिए भने सहजीकरण अस्मिता पटेलले गरेकी थिइन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *