Categories समाचार

वेवारिसे अवस्थामा १८० किलोग्राम गाँजा बरामद

Advertisement

उदयपुर । उदयपुर प्रहरीले  गएराति १८० किलो अवैध गाँजा बरामद गरेको छ ।   बेलका नगरपालिका वडा नम्बर ८ सप्तकोशी किनारबाट बेवारिसे अवस्थामा गाँजा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 
  
इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले ६ वटा बोराभित्र प्लाष्टिकमा बेरेर लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा बरामद गरेको हो । 
 

उक्त गाँजा हाल इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको र संलग्न व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *