Categories समाचार

कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने शिक्षक महासंघको निर्णय

Advertisement

काठमाडौं। नेपाल शिक्षक महासंघले जारी शिक्षक आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेको छ। आज बसेको आन्दोलनरत राष्ट्रिय शिक्षक महासंघको पदाधिकारी बैठकले मागहरु सम्बोधन नभएसम्म आन्दोलनलाई थप शशक्त बनाउने निर्णय गरेको हो।

बैठकले यही बैशाख ११ गतेबाट कक्षा १२ को परीक्षा कार्यक्रममा समेत सहभागी नहुने निर्णय गरेको राष्ट्रिय शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए। योसँगै कक्षा १२ को परीक्षा, के हुने भन्ने विषयमा अनिश्चिता बढेको छ।

Advertisement

आन्दोलनसँगै सरकारसँगको संवादलाई पनि निरन्तरता दिने महासंघको निर्णय छ। शिक्षकहरुले राजधानी काठमाडौँमा आज १३औँ दिन पनि आन्दोलन जारी राखेका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *