Categories समाचार

पन्चमुखी हनुमान मन्दिरमा हिन्दु स्वयंसेवक संघद्वारा २१ औं साप्ताह सामुहिक हनुमान चालीसापाठ

Advertisement

बिरगंज l हिन्दु स्वयंसेवक संघ नेपाल एवं बिरगंज कुम्हालटोलको युवा समूहद्वारा रेल्वेरोडमा अवस्थित श्री पन्चमुखी हनुमान मन्दिरमा मंगलबारको दिन २१ औं साप्ताह सामुहिक हनुमान चालीसा पाठ सम्पन्न भएको छ । बिरगंज कुम्हालटोल स्थित रेल्वेरोडमा अवस्थित श्री पन्चमुखी हनुमान मन्दिरमा हिन्दु स्वयंसेवक संघ नेपाल द्वारा सनातन धर्म प्रति आस्था राख्ने बीरगंजका युवा समुह तथा श्रद्धालु भक्तजनहरुबाट पंचमुखी हनुमान मंदिरमा २१ औं सप्ताह सामुहिक श्री हनुमान चालिसा पाठ सु-सम्पन्न भएको छ। गत मंसिर ११ गते बाट सुरु गरिएको सामुहिक श्री हनुमान चालिसा पाठ अहिले सम्म निरन्तर गर्दै आएको आयोजक अमर सरार्फले जानकारी गराएका थिए।

उनका भनाई अनुसार गत मंसिर ११ गते देखि प्रत्येक मंगलवारको दिन बिहान ८ बजे देखी सामुहिक पाठ हुने र पाठ पछी प्रसाद बितरण हुने सरार्फले जानकारी दिनु भएको छ। सनातन धर्म जोगाउन लाई हिन्दुतवहरु लाई जगाउन हामी उनले थपे हिन्दु हिन्दु एक हौं भन्ने उदेश्यका साथ यो साप्ताहि सामुहिक हनुमान चालीस पाठको शुभ आरम्भ गरेका थियौं। उक्त कार्यक्रममा अमर सरार्फ,आनद सरार्फ,मन्दिप प्रसाद साह,प्रबिन माली एवम् श्रद्धालु भक्तजनहरुको उल्लेखनीय उपस्थितिमा सामुहिक हनुमान चालीसा पाठ सम्पन्न भएको थियोे ।

Advertisement

श्री हनुमान चालीसा प्रत्येक मंगलवार पाठ निरन्तर जारी राखने आयोजक द्वारा जानकारी गराईएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *