Categories अर्थ

एक सातामै तोलामा १६ हजार रुपैयाँ बढेको सुनको मूल्य आज घट्यो

Advertisement

काठमाडौँ l एक सातामै तोलामा १६ हजार रुपैयाँ बढेको सुनको मूल्य आज घटेको छ। आज सुन प्रतितोला आठसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार सुनको मूल्य तोलामा तीनहजार ६ सय रुपैयाँ बढेर एक लाख ९० हजार ६ सय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

Advertisement

बुधबार पनि सुन तोलाको २७ सय रुपैयाँ बढेको थियो। यसअघिका तीन दिनमा सुन तोलामा १० हजार ६ सय रुपैयाँ बढेको थियो।

Advertisement

आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदीको मूल्य एक हजार ९ सय ६० रुपैयाँमै स्थिर रहेको महासंघले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *