Categories समाचार

नेविसंघको नेतृत्व लथालिङ्ग अवस्थामा छः प्रवक्ता महत

Advertisement

काठमाडौं l नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीको भ्रातृ सङ्गठन नेविसंघको नेतृत्व लथालिङ्ग अवस्थामा रहेको टिप्पणी गरेका छन्।

नेविसंघको ५६ औँ स्थापना दिवसको अवसर आयोजित कार्यक्रममा बोल्दै स्ववियु निर्वाचनमा आएको परिणाम पनि स्थानीय तहमा सकेजति मात्रै आएको जिकिर गरे।

Advertisement

उनले भने, ‘आदर्श र सिद्धान्तको जग कमजोर भयो भने त्यसले भविष्यमा नेतृत्व गर्न सक्दैन। अहिले चुनौती र चिन्ताको विषय त्यो भावना कमजोर हुँदैछ नेविसंघमा पनि। स्ववियु निर्वाचनमा आएको परिणाम पनि स्थानीय कलेजमा सक्रिय साथीहरूको प्रयासले नै आएको हो।

Advertisement

नेविसंघको नेतृत्व लथालिङ्ग अवस्थामा छ। त्यसले सुदृढ ढङ्गबाट नेतृत्व गर्न सकेको छैन। त्यसमा पार्टीको पनि कमजोरी छ। त्यसमा पार्टीले सुधार गर्नुपर्छ।’

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *