Categories एजेन्सी

कुमारी केटी देखाएर ११ लाखमा केटालाई लोभ्याए, तीन बच्चाकी आमासँग विवाह गराइदिए

Advertisement

मध्यप्रदेश । भारतको मध्य प्रदेशको राजगढ जिल्लामा बिहेसम्बन्धी एउटा धोखाधडीको अनौठो खबर बाहिरिएको छ । 

एक युवकलाई ११ लाख रुपैयाँमा कुमारी केटीसँग विवाह गर्न लोभ्याइएको थियो, तर विवाहपछि थाहा भयो कि दुलही पहिले नै तीन बच्चाकी आमा थिइन् । 

Advertisement

बेहुलालाई निद्राको औषधि खुवाएर बेहुलीको गहना र नगद लुट्ने योजना बनाएपछि ठगीको खुलासा भएको थियो । यस घटनामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।  लिमाचौहान प्रहरी चौकी क्षेत्रका २२ वर्षीय कमल सिंह सोन्धियाको विवाह सुस्नेरकी युवती राधासँग भएको थियो । यो विवाहको सम्झौता ११ लाख रुपैयाँमा तय भएको थियो ।

Advertisement

यसमध्ये ५ लाख ७५ हजार रुपैयाँ केटीका बुबालाई दिइएको थियो । बाँकी ५ लाख २५ हजार रुपैयाँ कालु सिंह नामक दलालले खाइदिएका थिए । 

अप्रिल १४ मा खिल्चीपुरको लिम्बोडा गाउँमा आयोजित सामूहिक विवाह समारोहमा राधाको सट्टा पहिले नै विवाहित महिला सलोनी दुलही बनेकी थिइन् र बेहुला कमलसँग लगनगाँठो कसेकी थिइन् । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *