Categories राजनीति

कांग्रेसमा गुट होइन गिरोह बन्योः गगन थापा

काठमाडौं l नपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा गुटभन्दा पनि गिरोह बनेको भन्दै आपत्ति जनाए। लोकतन्त्र दिवसको सन्दर्भमा आयोजित आजको लोकतन्त्र अवसर र चुनौती विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै थापाले नेताहरूलाई महाधिवेशन लागिसकेको विषयमा आपत्ति जनाएका हुन्।

पार्टीमा गुट होइन गिरोह बनेको छ। तल्लो तहसम्म बनेको छ। गुट भए आफू हुने, नभए नहुने भइसक्यो। तर समस्या यहाँ तल जरामा हो छियाछिया पारेका छौँ, उनले भने,तर, मूल कुरा छोडेर सबैलाई अहिले नै अधिवेशन लागेको छ। नभनेका मात्रै हुन् मुखले।

Advertisement

उनले अहिले नेताहरूको ७० प्रतिशत समय अधिवेशनको नाममा खर्च भइरहेको पनि बताए। थापाले काठमाडौँ बस्यो महामन्त्री भनेर गाली गर्ने र जिल्ला जाँदा महाधिवेशनको तयारी गर्‍यो भनेर टिप्पणी गर्न थालिएकोमा आपत्ति जनाए।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *