Categories समाचार

शिक्षक आन्दोलनमै एक शिक्षकमाथि कुटपिट

काठमाडौँ l काठमाडौंको बिजुलीबजारमा जारी शिक्षक आन्दोलनका क्रममा शनिबार एक शिक्षकमाथि कुटपिट भएको छ। काठमाडौं महानगरपालिका–१० स्थित नेपाल शिक्षक महासङ्घको राष्ट्रिय आन्दोलनमा सहभागी ५४ वर्षीय शिक्षक केशवराज जोशी घाइते भएका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी अपिलराज बोहराका अनुसार, दिउँसो करिब १ बजे कैलालीको धनगढी उपमहानगरपालिका–१ घर भई काठमाडौं–३१ आलोकनगर बस्ने जोशीमाथि १५–२० जना शिक्षकको समूहसँग मतभेद हुँदा कुटपिट भएको हो। जोशी धनगढीको श्री दुर्गा आधारभूत माध्यमिक विद्यालयमा अध्यापन गराउने शिक्षक हुन्।

Advertisement

प्रहरीले तत्काल उद्धार गरी जोशीलाई मीनभवनस्थित सिभिल अस्पताल पुर्‍याएको छ। उनको टाउकोमा टुटुल्को उठेको र शरीरका विभिन्न भागमा चोट लागेको छ। हाल उनको उपचार भइरहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *