Categories एजेन्सी

पुटिनद्वारा युद्धविरामको घोषणा

Advertisement

मस्को l रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धको विजय दिवसको अवसर पारेर मे ८ देखि १० सम्म तीन दिनका लागि आकस्मिक युद्धविरामको घोषणा गरेको क्रेमलिनले सोमबार जनाएको छ । किएभले पनि यस्तै आदेश जारी गर्ने अपेक्षा गरेको मस्कोले जनाएको छ ।

साथै, युद्धमा रोक लगाउने कुनै पनि उल्लंघनको जवाफ दिन रूस तयार रहेको पनि रूसी प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ । पुटिनले इस्टरको अवसरमा युद्ध रोक्न पनि यस्तै आदेश जारी गरेका थिए तर उक्त युद्धविराममा दुवै पक्षले एकअर्कालाई सयौं पटक उल्लंघन गरेको आरोप लगाएका थिए ।

Advertisement

‘रूसी पक्षले विजय दिवसको ८०औं वार्षिकोत्सवको अवसरमा मे ७ को मध्यरातदेखि मे १० को मध्यरातसम्म युद्धविरामको घोषणा गर्दै छ । यस अवधिमा सबै लडाकु अभियानहरू स्थगित गरिनेछ,’ क्रेमलिनले एक विज्ञप्तिमा राष्ट्रपति पुटिनलाई उद्धृत गरी उल्लेख गरेको छ ।

Advertisement

‘युक्रेनी पक्षले यो उदाहरण पछ्याउनुपर्छ भन्ने रुसको मान्यता छ । यद्यपि, यो अवधिमा युक्रेनी पक्षबाट युद्धविराम उल्लंघन भएमा रुसी सशस्त्र बलले पर्याप्त र प्रभावकारी जवाफ दिनेछ,’ विज्ञप्तिमा भनिएको छ । पुटिनले गत महिना युक्रेनले स्वीकार गरेको ३० दिनको पूर्ण र निःशर्त युद्धविरामको अमेरिकी प्रस्ताव अस्वीकार गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *