Categories समाचार

धरानबाट हराएको बस ४ दिनपछि विराटनगरमा फेला

इटहरी । सुनसरीको धरान उपमहानगरपालिका–८ स्थितबाट हराएको सिद्धदेवी यातायातको बस मोरङमा चोरिएको अवस्थामा फेला परेको छ। 

गत वैशाख १२ गते हराएको प्रदेश १–०२–००१ ख ९७४९ नम्बरको बस खोजतलासका क्रममा आज वैशाख १६ गते दिउँसो १२ः३० बजे मोरङको विराटनगर महानगरपालिका–१२ मंगलबारेस्थित एक खुला चौरमा चारवटै चक्का र इन्जिनलगायतका महत्वपूर्ण पाटपुर्जाहरु खोलिएको अवस्थामा फेला परेको हो।

Advertisement

धरानबाट बस हराएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा मोरङ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सरोज खनालको नेतृत्वमा खटिएको प्रहरी टोलीले खोजी कार्य अघि बढाएको थियो।

Advertisement

बसको खोजीको क्रममा प्रहरीले मोरङको विराटनगर–६ मा गीता साहले संचालन गर्दै आएकी मण्टु आयरन स्टोर नामक एक कवाडी पसलमा बसका केही पाटपुर्जा समेत फेला पारेको छ। तर, कवाडी पसल संचालक फरार रहेको प्रहरीले जनाएको छ।  

प्रहरीले हाल बस चोरिएको घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको र चोरीमा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *