Categories समाचार

विवादका क्रममा पेस्तोल देखाएर तर्साउन खोज्ने सजाद पक्राउ

Advertisement

विराटनगर । सुनसरीबाट कटुवा पेस्तोलसहित २५ वर्षीय सजाद अन्सारी पक्राउ परेका छन् । 

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले हरिनगरा गाउँपालिका–७ का अन्सारीलाई पक्राउ गरिएको बताए । उनका अनुसार अन्सारीलाई बिहीबार दिउँसो ३ः३० बजेतिर पक्राउ गरिएको हो ।

Advertisement

अन्सारीसँग स्थानीय सारिक जटको विवाद भएको थियो । विवादका क्रममा अन्सारीले पेस्तोल देखाएर जटलाई तर्साउन खोजेको पाइएको डीएसपी खतिवडाले बताए । उनका अनुसार २ जनाको विवाद हुँदा पेस्तोल निकालेको जानकारी प्राप्त हुनसाथ अन्सारीलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो ।

Advertisement

उनीविरुद्ध हातहतियार खरखजना मुद्दा चलाउने प्रहरीको तयारी छ । उनले पेस्तोल कहाँबाट ल्याएका हुन् र २ जनाबीचको विवाद के थियो भन्ने बारेमा खुल्न बाँकी छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *