रौतहट l रौतहटमा कार र मोटरसाइकल एक आपसमा ठोक्किदाँ बाबुछोरीको मृत्यु भएको छ । आज (आइतबार) बिहान पूर्व(पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका ४ पश्चिम लचकामा कार र मोटरसाइकल ठोक्किदाँ मोटरसाइकलमा सवार बाबुछोरीको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार मोटरसाइकल चालक रौतहट गरुडा नगरपालिका ३ बस्ने अन्दाजी ६० वर्षीया बलिराम सहनि र छोरी ४० वर्षीया उर्मिला देवी सहनिको मृत्यु भएको छ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले चन्द्रनिगाहपुरबाट निजगढतर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनापछि प्रहरीले कार चालक हेटौंडा उपमहानगरपालिका १२ का ४३ वर्षीय कुमार पोख्रेललाई नियन्त्रणमा लिएको छ।






