Categories समाचार

तराई–मधेसका नेताहरूमाथि राज्यले अन्याय गर्‍यो : महन्थ ठाकुर

काठमाडौं ll लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले तराई–मधेसका नेताहरूमाथि राज्यले अन्याय गरेको भन्दै आपत्ति जनाएका छन्।  

सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै ठाकुरले थारु–मधेसी जनजातिलाई राज्यबाट निरन्तर अन्याय भइरहेको भन्दै आपत्ति जनाएका हुन् । उनले आफूहरूमाथि निरन्तर अन्याय हुँदा पनि राज्यले नसुनेको भन्दै अब सुनाउने ठाउँ नरहेको बताए।

Advertisement

ठाकुरले आफूहरूमाथि सार्वजनिक रूपमा भएको दुर्व्यवहारका घटना अव संसदमार्फत नागरिकलाई सुनाउने जिकिर गरे। उनले रेशम चौधरीलाई फर्जी पत्रका आधारमा विनाकारण पक्राउ गरी ५ घण्टासम्म जेलमा राखेर दुर्व्यवहार गरिएको धारणा राखे।  

Advertisement

ठाकुरले राज्यले विजेताको रूपमा आफूलाई प्रस्तुत गरेको र विजेता नै न्यायको कुर्सीमा बसेका कारण आफूहरूले न्याय पाउन नसकेको गुनासो गरे। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *