Categories समाचार

बी एण्ड सी बैंकर्स क्लब वीरगञ्जको अध्यक्षमा राजेश कुमार गुप्ता चयन

Advertisement

वीरगञ्ज। विकास बैंक तथा फाइनान्स कम्पनीका शाखा प्रबन्धक र प्रदेश प्रमुखहरूको समूह बी एण्ड सी बैंकर्स क्लब वीरगञ्जको नयाँ कार्यसमिति चयन गरिएको छ। वैशाख २२ गते, आइतवार कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेडको कार्यालयमा आयोजित बैठकले सर्वसम्मत निर्णय गर्दै नयाँ नेतृत्व चयन गरेको हो।

कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री लाल बहादुर थिङको प्रमुख आतिथ्यता तथा विभिन्न बैंक तथा फाइनान्स संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न उक्त बैठकमा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका प्रदेश प्रमुख राजेश कुमार गुप्तालाई अध्यक्ष चयन गरिएको छ।

Advertisement

नयाँ कार्यसमितिमा अन्य पदाधिकारीहरूमा उपाध्यक्ष: सुदीप चन्द्र पोखरेल (महालक्ष्मी विकास बैंक लिमिटेड,सचिव: उदय कुमार कामती (कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेड, सह–सचिव: डिगम्बर थापा क्षेत्री (मन्जुश्री फाइनान्स लिमिटेड, कोषाध्यक्ष: राजीव कुमार झा (गरिमा विकास बैंक लिमिटेड, सह–कोषाध्यक्ष: सवीर अली (सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेड छन्।

Advertisement

सदस्यहरूमा पुरुषोत्तम अधिकारी, सम्सुल हुदा खाँन, विपिन किशोर श्रेष्ठ, सुरज कोइराला, कृष्ण कुमार झा, राजन गिरी, सबीर अन्सारी र शान्ती सिंह रहेका छन्।

बैठकले कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री लाल बहादुर थिङलाई वरिष्ठ सल्लाहकार र सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडका प्रदेश प्रमुख रुपक मैनालीलाई सल्लाहकारमा चयन गरेको छ।

बैठकमा आगामी कार्ययोजना, आपसी समन्वय, बैंकिङ क्षेत्रका साझा चुनौती, र पेशागत क्षमता अभिवृद्धिका विषयमा गहन छलफल गरिएको थियो। सहभागीहरूले बैंक तथा वित्तीय संस्थाबीचको सहकार्य र अनुभव साटासाटमार्फत स्थानीय वित्तीय प्रणालीलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *