Categories समाचार

रविन्द्र मिश्र लगायत सबैको रिहाइको माग गर्दै पाँचौ दिन पनि रिले अनशन जारी

Advertisement

काठमाडौं l राप्रपाका नेता रविन्द्र मिश्र लगायत सबैको रिहाइको माग गर्दै राष्ट्रवादी देशभक्त जनता नामक संगठनले पाँचौ दिन पनि रिले अनशन जारी राखेका छन्।

चैत्र १५ गते काठमाडौंमा भएको घटनाका आधारमा आफ्ना नेताहरूमाथि लगाइएको झुठा मुद्दा खारेज गर्दै मिश्रलगायत सबैको रिहाइको माग गर्दै उनीहरूले ललितपुरको जावलाखेलमा रिले अनशनलाई जारी राखेका हुन्।

Advertisement

उनीहरूले झुठा मुद्दा खारेज गर, राष्ट्रवादीलाई रिहा गर, विधिको शुशासन कायम गर, नागरिक स्वतन्त्रता हक कायम गरलगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

Advertisement

रिले अनशनको पाँचौं दिन राप्रपाका केन्द्रीय सदस्य उदयराज पोखरेल लगाएतका नेता सहभागी भएका छन्। पोखरेलले चैत्र १५ गतेको घटनामा झुटा मुद्दा लगाएर पक्राउ परेकाहरुलाई छिटो भन्दा छिटो रिहा गर्नुपर्ने बताए।

उनले आफूहरूको आन्दोलन नरोकिने भन्दै आफ्ना माग मुद्दा स्थापीत भएरै छाड्ने उल्लेख गरे। मिश्रलगायतका नेता चैत १५ गते राजावादीले गरेको प्रदर्शनका क्रममा पक्राउ परेका थिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *