Categories समाचार

मकवानपुरमा पार्किङबाट हराएको ट्रक जंगलमा भेटियो

Advertisement

काठमाडौं । मकवानपुरको मनहरीबाट हराएको ट्रक फेला परेको छ ।

मनहरी गाउँपालिका-७ रमनटारस्थित सोही स्थान बस्ने २६ वर्षीय ट्रक चालक सोमबहादुर थिङले आफ्नै घर नजिक पार्किङ गरी राखेको ना ६ ख ३६६१ नम्बरको ट्रक हराएको थियो ।

Advertisement

ट्रक पार्किङ गरी राखेको ठाउँबाट हराएको भन्दै चालक थिङले प्रहरीमा उजुरी दिएका थिए ।

Advertisement

चालकको उजुरीको आधारमा खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले मनहरी गाउँपालिका-९ रजैयास्थित पूर्वपश्चिम सडक खण्डको जंगलमा बेवारिसे अवस्थामा फेला पारेको हो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *