Categories समाचार

सुरक्षा परिषद् बैठक : सीमा नाकामा कडाइ, हाइ अलर्टमा बस्न निर्देशन

Advertisement

काठमाडौं l भारत र पाकिस्तानबीच तनाव चर्किएसँगै प्रधानमन्त्री केपी ओलीले सुरक्षा परिषद्को बैठक डाकेर छलफल गरेका छन्।

सिंहदरबारमा बसेको सुरक्षा परिषद्को बैठकमा गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, मुख्य सचिव एकनारायण अर्याल, नेपाल सेना रथी निर्मलकुमार थापा, जनपथ प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक हुतराज थापा सहभागी छन्।

Advertisement

बैठकमा भारत र पाकिस्तानबीच युद्ध सुरु भएसँगै खुला सीमाना भएकाले सीमा नाकामा कडाइ गर्ने विषयमा छलफल भएको बताइएको छ।

Advertisement

आज सरकारले बेलैमा सतर्कता अपाउनुपर्ने आवाज सांसदहरूले समेत सदनमा उठाएका थिए।

यसअघि गृह मन्त्रालयमा राष्ट्रिय सुरक्षा समितिको बैठक बसेको थियो। उक्त बैठकले सीमा, विमानस्थल लगायतका क्षेत्रमा सुरक्षा निगरानी बढाउने निर्णय गरेको थियो।

केन्द्रीय सुरक्षा समितिको बैठकपछि सीमा क्षेत्रमा थप कडाई गरिएको छ। सशस्त्र प्रहरीलाई सीमा नाकाको आवतजावतमा कडाइ गर्ने जिम्मा दिइएको छ। गृह मन्त्रालयले सबै युनिटलाई हाइ अलर्टमा बस्न निर्देशन दिएको छ।

मन्त्रालयको निर्देशपछि पछिल्लो समय बिकशित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको जनाएको छ।

सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नको लागि सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपालले भारतिय समकक्षी सशस्त्र सीमा बल (एसएसबि)सँगको सहकार्य र समन्वयमा सीमानामा संयुक्त रुपमा गस्ती पट्रोल र खबर आदान–प्रदानलाई तीब्रता दिएको छ। यसैगरी एक बिओपीबाट अर्को बिओपीसम्म २४ घण्टा सीमा इलाकामा रहने गरी पट्रोलिङ गरिएको छ।

अनाधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिहरूलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिइएको छ भने बाहिनी मुख्यालयहरूले सोही अनुसार सुरक्षा योजना बनाएर कार्यान्वयन गरेका छन्।

सीमा इलाकामा आवश्यकता अनुसार आवतजावत गर्नेहरूको परिचय पत्र चेकजाँच गरेर अभिलेख राख्ने कार्यसमेत भइरहेको प्रहरीले जनाएको छ। सम्भावित संकित स्थानमा निगरानी एवं चेकजाँच तथा सुक्ष्म रुपमा खबर संकलन कार्यसमेत गरिराखेको छ।

सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध घुसपैठलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समेत समन्वय गरी सूचना आदान–प्रदान गरी सीमामा आवतजावत गर्ने गरी वारपार गर्नेलाई निगरानी गर्ने कार्यसमेत कडाइकासाथ गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

तर, नेपाल–भारत सीमानामा परम्परादेखि चलिआएको परम्परागत आवतजावतलाई असहज तथा हैरानी नहोस् भन्नेतर्फ पनि सचेत हुँदै त्यसप्रकारको आवतजावतलाई सहजीकरण गर्ने कार्य समेत गरिएको उनले बताए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *