Categories राजनीति हाइलाइट-समाचार

जसपा नेपालको सिंगो विरगंज युवा समिति जसपामा प्रवेश

Advertisement

वीरगंज l वीरगंजमा जसपा नेपालको युवा संघ रित्तिएको छ । संघका महानगर अध्यक्षसहित पुरै कमिटी नै जसपामा प्रवेश गरेसँगै उपेन्द्र यादव नेतृत्वको युवा संघ वीरगंजमा रित्तिएको हो ।

शनिबार वीरगंजमा एक कार्यक्रमकाबीच जसपाका उपमहासचिव एवं नेपाल सरकारका खानेपानी मन्त्री प्रदिप यादब र पार्टीका केन्द्रीय सदस्य एवं वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले माला लगाएर उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

Advertisement

पार्टी प्रवेश गर्नेहरुमा जसपा नेपालको युवा संगठन समाजवादी युवा संघ वीरगं महानगर कमिटी अध्यक्ष आकाश गिरी, उपाध्यक्ष सुशील गुप्ता, शिवम् पटेल, अभिनास गुप्ता, ठाकुरराम इकाई सचिव अंकित मिश्र, सागर राउत, साहिद अंसारी लगायत रहेका छन् ।

Advertisement

नवप्रवेशीहरुलाई पार्टी प्रवेश गराउँदै नेपाल सरकारका खानेपानी मन्त्रीसमेत रहनु भएका पार्टीका उपमहासचिव प्रदिप यादवले पार्टी सुदृढ बन्ने गरि काम गर्न सबैलाई आग्रह गर्नुभयो ।

उहाँले शुद्ध पिउने पानी घरघरमा पुर्याउन काम सुरु गरिसकेको भन्दै आउँदो वर्ष भित्रमा वीरगंजमा खानेपानीको अभाव हट्ने विश्वास दिलाउनु भयो ।

यस्तै महानगर प्रमुख राजेशमान सिंहले वीरगंजलाई स्वच्छ र सुन्दर बनाउँदै सम्पन्न बनाउने लक्ष अनुरुप काम भइरहेकाले पार्टीका नेता कार्यकर्ता उत्साहित भएर अगाडी बढ्न सुझाव दिनुभयो ।

जनताको समस्या बुझेर काम गर्ने पार्टी जसपा मात्रै रहेकाले अरु ठाउँमा भएका साथीहरु पनि यसैमा गोलबन्द हुन र गोलबन्द गराउने अभियानमा लाग्न सबैलाई आग्रह पनि गर्नु भयो ।

पार्टी प्रवेश कार्यक्रममा जसपा जिल्ला अध्यक्ष एवम बहुदरमाई नगरपालिकाको नगर प्रमुख सिंघासन साह तेली, जसपा केंद्रीय सदस्य जन्नत अंसारी, पुरषोत्तमलाल झा, संघीय परिषद सदस्य तबरेज अहमद, बरिष्ठ नेता प्रेम बाबू पटेल, जसपा ज़िला सचिव उमेश सहनी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम जसपाका नगर सचिव फ़रीद आलमको सभापतित्वमा सम्पन्न भएको हो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *