Categories खेलकुद

जेठ २ गते बिरगंजमा वर्ल्डलिंकको ‘बिट द स्पिडस् सिजन २’ हुने

Advertisement

बिरगंज  नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नेपालभरका अनपोलिस्ड र तीव्र गतिका बलिङ प्रतिभा खोजी गर्ने अभियान ‘बिट द स्पिडस् सिजन २’ सुरु गरेको छ ।

कम्पनीले वैशाख २५ गते बिहीबार औपचारिक सुरुवात गरेको अभियान बिरगंजमा जेठ २ गते शुक्रबार हुने भएको छ ।

Advertisement

जेठ २ गते शुक्रबार कार्यक्रम हुन लागेको वर्ल्डलिंक बिरगंजका शाखा प्रमुख सुचित पौडेलले जानकारी दिए ।

Advertisement

कार्यक्रम दिउँसो ४ बजे बीरगंजको आदर्शनगर रंगशालामा हुने र छनोट प्रतियोगितामा निःशुल्क सहभागिता रहेको उनले जानकारी दिए ।

देशभरबाट छानिएका शीर्ष १० तीव्र गतिका बलरहरूलाई काठमाडौँमा हुने ग्रान्ड फिनालेमा सहभागी गराइने र प्रथम हुनेलाई नगद १ लाख साथै भारतको प्रतिष्ठित क्रिकेट एकेडेमीमा ३ महिनाको पूर्ण खर्च व्यहोरिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले जानकारी दिए ।

त्यस्तै, दोस्रो हुनेले नगद ५० हजार र तेस्रो हुनेले नगद २५ हजार प्राप्त गर्ने उनले बताए ।

बिहीबार मुलपानी क्रिकेट मैदानबाट राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरू सोमपाल कामी, अनिलकुमार साह, आसिफ शेख, र ललित राजवंशीले संयुक्त रूपमा सुरु गरेको अभियान जनकपुर, लहान, राजविराज, बिर्तामोड, दमक, विराटनगर, इटहरी, बर्दिबास, मलंगवा, गौर, वीरगञ्ज, हेटौँडा, चितवन, बुटवल, भैरहवा, लुम्बिनी, पाल्पा, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर, पोखरा हुँदै काठमाडौँमा पुगेर ग्रान्ड फिनाले हुनेछ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *