Categories अर्थ समाचार

आज पनि सुनको मूल्य घटेर कारोबार हुँदै

Advertisement

काठमाडौं l नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य घटेको छ। सोमबार प्रतितोला तीन हजार सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार रूपैयाँ घटेको हो।

यो दुई दिनमा सुनको मूल्य प्रतितोला पाँच हजार सात सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

Advertisement

सोमबार छापावाल सुन प्रतितोला एक लाख ८६ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने बढेको छ। सोमबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *