Categories समाचार

लागुऔषध खैरो हेरोइनसहित दुईजना भारतीय नागरिक पक्राउ

Advertisement

कैलाली l धनगढीबाट लागुऔषध खैरो हेरोइनसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । 

नेपाल प्रहरीको लागुऔषध ब्युरो शाखा धनगढी र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका– १, पशुपति टोलबाट उनीहरूलाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश घर भई हाल धनगढी– १ बस्ने ४१ वर्षीय पप्पु खान र २९ वर्षीय मजमिल्ल अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

Advertisement

उनीहरूको साथबाट १२ ग्राम दुई सय ५० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयको सूचना शाखाका गणेश नाथले जारी गरेको सुचनामा उल्लेख छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *