Categories अन्तर्राष्ट्रिय

सरकारी क्वार्टरमा एकै परिवारका चार जनाको शव फेला

Advertisement

काठमाडौं । भारतको छत्तीसगढ राज्यस्थित महासमुन्द जिल्लाको बागबहारामा रहेको एक सरकारी क्वार्टरमा बुधबार एउटा हृदयविदारक घटना भएको छ ।

एकै परिवारका चार जनाको शव फेला परेको हो । उनीहरूले सामूहिक आत्महत्या गरेको अनुमान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement

घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी उपरीक्षक, अतिरिक्त प्रहरी उपरीक्षक र फोरेन्सिक टोली तुरुन्तै घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन ।

Advertisement

मृत फेला पर्नेमा पटेवा प्रहरी चौकीअन्तर्गत पर्ने चिरको गाउँका ४१ वर्षीय वसन्त पटेल, उनकी श्रीमती भारती पटेल, छोरी सेजल पटेल र छोरा कियांश पटेल छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *