Categories समाचार

भेटियो किर्ते कागजात बनाउने कारखाना

Advertisement

काठमाडौं l काठमाडौंको तारकेश्वर नगरपालिकामा किर्ते कागजात बनाउने कारखानामा भेटिएको छ । उक्त कारखानामा प्रहरीले छापा मारेर तीनजनालाई पक्राउ गरेको छ ।

तारकेश्वर नगरपालिका-७ स्थित फुटुङमा विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र आदि किर्ते गरी नक्कली बनाउने गरेको कारखानामा प्रहरीले बुधबार छापा मारेको हो ।

Advertisement

यसबारे प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रहरीले किर्ते कागजात बनाउने तीनजनालाई पनि पक्राउ गरेको छ।

Advertisement

पक्राउ पर्नेमा गोरखाको भीमसेन थापा गाउँपालिका-१ का अञ्जनी बयलकोटी, ओखलढुंगा चम्पादेवी गाउँपालिका-७ का निर्मल खड्का र मकवानपुर कैलान गाउँपालिका-२ की अञ्जु खत्री छन् ।

उनीहरूले ८ वर्षदेखि सरकारी तथा गैरसरकारी कार्यालयका कागजात, स्थानीय तहको सिफारिस, शैक्षिक संस्थाको प्रमाणपत्र, जग्गाधनी पूर्जा, सवारी चालक अनुमति पत्रलगायत कागजात किर्ते गरी नक्कल बनाएर प्रयोग तथा प्रचलनमा ल्याउने गरेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *