Categories समाचार

नगवामा वृक्षारोपण कार्यक्रम सम्पन्न

Advertisement

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नं.१६ नगवामा वृक्षारोपण कार्यक्रम गरिएको छ ।

शनिबार वीरगन्ज महानगरपालिका र ग्रिन सिटीको सहयोगमा नगवा पोखरी नजिकै रहेको बौधीमाई मन्दिर परिसरमा वृक्षारोपण गरिएको हो ।

Advertisement

श्री नगवा दुर्गा पूजा समितिले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा नगर प्रमुख राजेशमान सिंहले मन्तव्य राख्दै “सहरलाई हराभरा बनाउन युवाहरूको साथ र सहयोग आवश्यक रहेको जिकिर गरे । “

Advertisement

उनले भने, युवाहरूले चाहे हरेक कुरा सम्भव भएकोले महानगरका विभिन्न क्षेत्रमा रहेको खाली तथा एलानी जग्गामा बोट विरुवा लगाएर वातावरणलाई शितल बनाउन युवाहरूको सहयोग अपरिहार्य रहेको छ ।

कार्यक्रममा सोही वडाका वडाध्यक्ष परशुराम चौरसिया, प्रकाश खेतान, समाजसेवीलगायत युवाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम सञ्चालन समितिका चन्दन पण्डितले गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *