Categories समाचार

आज साँझ मन्त्रिपरिषद्को नियमित बैठक बस्दै, नयाँ गभर्नर नियुक्तिको सम्भावना

काठमाडौं l प्रधानमन्त्रीको सचिवालयले आज सोमबार साँझ ६ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्ने जानकारी दिएको छ। उक्त बैठकमा नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिको सम्भावना रहेको छ।

सरकारले गत बुधबार गठन गरेको गभर्नर सिफारिस समितिले आजै बैठक बसेर तीन जनाको नाम सिफारिस गर्ने तयारी गरेको छ। उक्त समिति अर्थमन्त्री विष्णु पौडल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र आर्थिक विज्ञ पोषराज पाण्डे सम्मिलित रहेको छ।

Advertisement

सिफारिस गरिएका तीन जनामध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई गभर्नर पदमा नियुक्त गर्नेछ। यस निर्णयले आगामी आर्थिक नीतिहरूमा प्रत्यक्ष प्रभाव पार्ने अनुमान गरिएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *