Categories समाचार

स्रोत नखुलेको २० लाख रुपैयाँभन्दा बढी नगदसहित एक जना पक्राउ

काठमाडौं l काठमाडौंको जुद्धसालिक क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको २० लाख रुपैयाँभन्दा बढी नगदसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२४ निवासी सञ्जय बस्नेत हुन्, जो हाल काठमाडौं-३२ पेप्सीकोलामा बस्दै आएका थिए।

Advertisement

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार, बस्नेतलाई आइतबार दिउँसो पौने २ बजे नियन्त्रणमा लिइएको हो। उनको साथबाट स्रोत खुल्न नसकेको २० लाख २९ हजार ६२० रुपैयाँ बरामद गरिएको छ।

Advertisement

प्रहरीले उक्त रकम हुण्डी कारोबारमा प्रयोग हुने आशंकामा बरामद गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *