Categories न्युज कारखाना

बिजेपी विधायकमाथि गम्भीर आरोप : ‘सामूहिक बलात्कारपछि मुखमै पिसाब फेरे’

Advertisement

बेंगलुरु l बेंगलुरुकी एक ४० वर्षीया सामाजिक कार्यकर्ताले भारतीय जनता पार्टी (बीजेपी) का वर्तमान विधायक र उनका तीन सहयोगीविरुद्ध गम्भीर आपराधिक उजुरी दर्ता गरेकी छिन्।

ती महिलाले जुन २०२३ मा आरआर नगर क्षेत्रका विधायक मुनियर्तना नायडू र उनका सहयोगीहरूद्वारा सामूहिक बलात्कारमा परेकी थिइन् भन्ने आरोप लगाएकी हुन्।

Advertisement

उक्त उजुरी अनुसार, ती व्यक्तिहरूले महिलालाई अज्ञात पदार्थको सुई प्रयोग गरी बेहोस बनाइ सामूहिक बलात्कार गरेपछि शारीरिक कुटपिट समेत गरेका थिए।

Advertisement

यतिमात्र नभई, उनले ती आरोपीहरूले उनको मुखमा पिसाब समेत फेरेको र विरोध गरेमा ज्यान मार्ने धम्कीसमेत दिएको आरोप लगाएकी छिन्। साथै, उनका छोरालाई पनि मार्ने चेतावनी दिइएको उल्लेख छ।

पीडित महिलाले घटनापछि मानसिक तथा शारीरिक स्वास्थ्यमा गम्भीर समस्या देखिएको बताएकी छिन्। उजुरी यसै हप्ता दर्ता गरिएको हो र घटनाबारे भारतीय सञ्चारमाध्यमहरूमा व्यापक रिपोर्टिङ भइरहेको छ।

बेंगलुरु प्रहरीले आरोपको पुष्टि गर्दै मुद्दा दर्ता भइसकेको र अनुसन्धान अगाडि बढिरहेको जानकारी दिएको छ। तर हालसम्म कुनै पनि अभियुक्त पक्राउ परेका छैनन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *