Categories समाचार

दुर्गा प्रसाईंलाई थप दुई दिन म्याद थप

Advertisement

काठमाडौँ l तीनकुने घटनाका आरोपी दुर्गा प्रसाईंसहित ५६ जनालाई अनुसन्धानका लागि हिरासतमा राख्न थप दुई दिन म्याद थप भएको छ।

Advertisement

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजालसले प्रहरीको अनुरोधमा म्याद थप गरिदिएको हो। चैत १५ गते तीनकुनेमा गरिएको राजावादीको प्रदर्शनका जनकमान्डर प्रसाईँलाई तोकिएको थियो।

Advertisement

प्रदर्शन हिंसात्मक बन्दा २ जनाको ज्यान गएको थियो। प्रदर्शनकारीहरूले त्यसवरपरका निजी तथा सार्वजनिक संरचनामा तोडफोड, आगजनी र लुटपाट गरेका थिए।

Advertisement

प्रहरीले यस घटनामा संलग्नहरूमाथि आपराधिक उपद्रव, राज्यविरुद्धको अपराध र संगठित अपराधमा मुद्दा चलाउने तयारी गरिरहेको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *