Categories समाचार

खाना बनाउने क्रममा तेल भनेर डिजेल हाल्दा आगलागी, वीरगन्जकी असियासहित दुईजना घाइते

Advertisement

काठमाडौँ l मकवानपुरमा खाना बनाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका छन्।

हेटौँडा उपमहानगरपालिका ८ कमानेको नमुना टोलस्थित देवान बाबुको घरमा बुधवार साँझ आगलागी हुँदा उक्त घरमा डेरा गरी बस्ने वीरगन्जका सलाउदिन देवानकी छोरी १३ वर्षीया खातुन घाइते भएकी हुन्।

Advertisement

सोही घरमा बस्ने भारतको मोतिहारी जिल्लाको आदामपुरग्राम कलबारी मझौलिया बस्ने २५ वर्षीया अफ्रिदा खातुन पनि घाइते भएकी छन्।

Advertisement

साँझ मासु पकाउँदा तेल भनेर झुक्किएर उनले तातो कराईमा डिजेल हालेपछि आगो सल्किएको थियो।

आगलागीबाट असियाको अनुहार, हात, पिठ्यूँ र खुट्टा जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी डिएसपी श्यामु अर्यालले जानकारी दिए।

घाइते दुवैलाई हेटौँडा अस्पताल पठाइएको उनले बताए । उक्त घरमा लागेको आगो केही बेरमै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *