वीरगंज । वीरगंज महानगरपालिका कार्यालय अन्तर्गत रहेको भोजपुरी प्रतीष्ठान, वीरगंजले वीरगंजका सामुदायिक विद्यालयका विधार्थीहरुलाई लक्षित गर्दै “आपन भाषा आपन पहचान” नामक अभियान संचालन गरेको छ ।
उक्त अभियान अन्तर्गत शुक्रबार प्रतीष्ठानकी अध्यक्ष अनिता साहको अध्यक्षता र प्रतीष्ठानका सल्लाहकार प्रमोद पाण्डेको प्रमुख आथित्यतामा भएको कार्यक्रममा विधार्थीहरुलाई आ आफ्नो भाषा, संस्कृती ,कला लगायतका विषयमा छलफल तथा जानकारी मुलक सन्देश दिईएको हो ।
सल्लाहकार प्रमोद पाण्डेले मधेशमा भोजपुरी बढी मात्रामा बोलिने गरीएको र नेपाली लगायत अन्य भाषाभाषीहरुको पनि बसोबार रहेकोले सबैले आ आफ्नो मातृभाषालाई गौरवका साथ विकास गर्न तर्फ अग्रसर हुनुपर्ने बताए । उनले भाषा भनेको के हो । यस्को अवस्था र विकास गर्न के के गर्न आवश्यक छ भन्ने विषयमा विधालयका कक्षा ९ का विधार्थीहरुसंग छलफल गरेका हुन् ।

यस्तै प्रतीष्ठानका सदस्य मुकेश महतो नुनियाले भोजपुरी लोक चित्रकला र यस्को महत्वको बारेमा प्रकाश पारेका थिए भने विधार्थीहरुलाई चित्र कोर्ने सजिलो उपाय बारे प्रयोगात्मक गरेरै जानकारी दिएका हु्न् ।

त्यस्तै कवि र गित लेखक तथा भोजपुरी प्रतीष्ठानका अर्का सदस्य आमोद गुप्ताले भोजपुरी गीत मार्फत भोजपुरी भाषाको विषयमा सन्देश दिएका हुन् । उनले भोजपुरी आफैले लेखेका कविता समेत वाचन गरेका हुन् भने भोजपुरी तथा अन्य कविता लेखनका लागि आवश्यक सबै कुरा जानकारी गराएका थिए ।

त्यस्तै कार्यक्रममा प्रतिष्ठानका श्याम सरार्फले आफ्नो मातृभाषा बोल्न लाज मान्नुपर्ने कुरा केही नरहेकोले आफ्नो मातृभाषाको सकारात्मक पक्षलाई आत्मसात गर्दै त्यसलाई अगााडी बढाउन ,प्रचार प्रसार गर्न सहभागी विधार्थीहरुलाई आग्रह गरेका थिए ।
उनले विरासतमा पाएको लोक धुन र लोक गीतको प्रचारप्रसार हन नसक्दा केही संख्यामा रहेको लेखक र गायकको गीत सुनेर भोजपुरी भाषा नै खराब भनेर गरिने प्रचारको प्रतिकार गर्न आफ्ना गीतहरू सुन्न बुझ्न आवश्यक रहेको जिकिर गरे ।

प्रतीष्ठानका सदस्य सचिव अमित अग्रवालले कार्यक्रममा सहजीकरण गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रतीष्ठानकी अध्यक्ष अनिता साहले आफ्नो मातृभाषा भोजपुरी , नेपाली ,उर्दु वा जुनसुक्कै भाषा भएपनि आफ्नो मातृभाषाको विकास गर्न विधार्थीहरुलाई आग्रह गरेकी हुन् ।
शुक्रबार कन्या मा वि बाट संचालन गरीएको उक्त अभियानमा सहभागी विधार्थीहरुले आज पहिलो पटक यस्तो कार्यक्रममा सहभागी हुन पाउँदा खुशी व्यक्त गरेका थिए ।
उनीहरुले पहिलो पटक खुलेर डर र लाज नमानी निर्धक्क भएर आफ्नो मातृभाषा बारे छलफल गर्न पाउँदा गर्व महशुश गरेको बताएका हुन् र कार्यक्रम संचालन माधुरी महतोले गरेकी थिईन् । कार्यक्रममा करीब ७० जना विधार्थीहरुको सहभागीता रहेको थियो ।

वीरगंज महानगरपालिका कार्यालयले भाषा, कला , संस्कृतीको जगेर्नाका लागि हरसम्भव प्रयास गर्दै आएको मेयर राजेशमान सिँहले बताए । उनले भाषा , कला र संस्कृतीका लागि सबै भन्दा पहिले विद्यालय स्तरदेखी नै सुधार ल्याउन आवश्यक रहेकोले प्रतीष्ठान मार्फत अभियान संचालन गरेको प्रती खुशी व्यक्त गरे ।
त्यस्तै वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अरविन्द लाल कर्णले वीरगंज महानगरपालिका अन्तर्गत रहेको भोजपुरी प्रतीष्ठानले विगत केही महिनादेखी भाषा, कला संस्कृतीको जगेर्नाका लागि विधार्थीहरुलाई लक्षित गरी संचालन गर्दै आएको कार्य प्रशंसनिय रहेको बताउँदै सबैले आफ्नो मातृभाषामा बोल्न , लेख्न , आफ्ना विचार अभिव्यक्त गर्न पाउनुपर्ने धारणा राखे ।
भोजपुरी प्रतीष्ठानले आयोजना गरेको यो अभियान निरन्तर सबै सामुदायिक विधालयका संचालन गर्ने प्रतीष्ठानकी अध्यक्ष अनिता साहले जानकारी दिईन् ।







