Categories समाचार

रविको निवेदनमा आदेश आउँदै, सर्वोच्चबाहिर समर्थकको भीड

Advertisement

काठमाडौं l राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न माग गरिएको निवेदनमा बहस सकेर आदेश सुनाउने तयारी छ। न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले तीन दिनको सुनुवाइपछि आजै आदेश सुनाउने तयारी गरेको हो।

मंगलबार र बिहीबार पनि बहस भएको थियो। तर नसकिएपछि हेर्दाहेर्दैमा शुक्रबारका लागि राखिएको थियो। आदेश आजै आउने भएपछि सर्वोच्च परिसरबाहिर सञ्चारकर्मी, लामिछानेका शुभचिन्तक, रास्वपाका नेता कार्यकर्ताको भीड लागेको छ। त्यस्तै सर्वोच्च गेटमा बाक्लो संख्यामा प्रहरी पनि परिचालन गरिएको छ।

Advertisement

मंगलबार रविका कानुन व्यवसायीले बहस गरेका थिए। उनीहरुको बहस बिहीबार पनि भएको थियो। बिहीबार रविका तर्फबाट बहस सकिएपछि छविका वकिलले बहस गरेका थिए।

Advertisement

छविका वकिलको बहस सकिएपछि सरकारी वकिलले पनि बिहीबार नै बहस सकेका थिए। जाहेरवालाको तर्फबाट शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गरेका थिए। त्यसपछि रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले जवाफी बहस गरेका हुन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *