Categories अन्तर्राष्ट्रिय

भारतमा कोरोना संक्रमितको संख्या बढ्दै, दुई जनाको मृत्यु

Advertisement

काठमाडौं l छिमेकी मुलुक भारतमा कोभिड १९ संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । देशभरि ३ हजार ५७८ जना संक्रिय संक्रमितको उपचार भइरहेको छ भने १ हजार ८१८ जना कोरोनामुक्त भएका छन् ।

Advertisement

भारतीय स्वास्थ्य मन्त्रालयले १२ जेठमा १५ राज्यमा कुल १ हजार ९ जना सक्रिय कोरोना संक्रमित रहेको तथ्यांक सार्वजनिक गरेको थियो ।

Advertisement

पछिल्लो ६ दिनमा कोरोना संक्रमितको संख्या तीन गुणा बढी देखिएको हो । यसअघि १५ राज्यमा कोरोना संक्रमित फेला परेको थियो । तर, पछिल्लो तथ्यांक अनुसार कोरोना फैलिएको राज्य २६ पुगिसकेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *