Categories समाचार स्वास्थ्य

डा. राम प्रधानको बढुवा, नेशनल मेडिकल कलेज परिवारमा खुसीको माहोल

वीरगञ्ज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा कान, नाक र घाँटी (ENT) विभागमा लामो समयदेखि सेवा दिँदै आउनुभएका वरिष्ठ चिकित्सक डा. राम प्रधानको एसोसिएट प्रोफेसर पदमा बढुवा भएको छ।

उहाँको यस प्रशंसनीय सफलताले कलेजमा कार्यरत सम्पूर्ण शिक्षकमण्डल, कर्मचारी तथा विद्यार्थीहरूमा अत्यन्त उत्साह थपिएको छ।

Advertisement

डा. प्रधान विगत केही वर्षदेखि ENT विशेषज्ञका रूपमा अत्यन्त निष्ठाका साथ सेवा दिँदै आउनुभएको छ। शिक्षण, अनुसन्धान र उपचार तीनै क्षेत्रलाई समन्वय गर्दै उहाँले आफ्ना बिरामीहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएका छन्।

Advertisement

उहाँले विभिन्न शल्यक्रिया, जटिल रोगको पहिचान तथा उपचारमा देखाउनुभएको दक्षता प्रशंसनीय छ।

यस बढुवाले नेपाली मेडिकल शिक्षा क्षेत्रमै एउटा सकारात्मक सन्देश दिएको छ कि मेहनत, इमानदारी र समर्पणको सधैं उचित कदर हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *