Categories समाचार

आजदेखि देशभरिका यातायात बन्द

Advertisement

काठमाडौँ l यातायात व्यवसायीहरूले विभिन्न माग राखेर आजदेखि काठमाडौं उपत्यकासहित देशभरि यातायात बन्द गरेका छन्।

यातायात व्यवसायीहरूको आह्वानमा सोमबार बिहानैदेखि काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक यातायातका साधनहरू गुडेका ठप्पप्रायः छ। एकाध ठाउँमा एकरदुईवटा गाडी चलेको देखिन्छ।

Advertisement

बिहानैदेखि सार्वजनिक यातायात नचल्दा सर्वसाधारणहरूले सास्तो ब्यहोर्नुपरेको छ। कलेज पढ्ने व‍िद्यार्थी, बिहानै काममा जाने मानिसहरू बस बिसौनीमा सार्वजनिक यातायात कुरेर बसेको देखिन्छन्।

Advertisement

यातायात बन्द भएपछि केही मानिसहरू हिँडेरै गन्तव्यसम्म जाँदै गरेको दृश्य पनि सडकमा देखिन्छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *